१५ असार २०८३, सोमबार

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

काठमाडौँ - प्रहरीले १४ किलो नौ सय ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ देउकोटका जीवन मोक्तान, पर्साको वीरगञ्ज महानगरपालिका–१० का राजेश पटेल र सोही ठाउँका मुन्ना अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ह ९७४६ नं को अटोलाई हेटौँडाको थानाभ¥याङमा जाँच गर्दा उनीहरु गाँजासहित पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्