१० असार २०८३, बुधबार

पहिरोले पुष्पलाल लोकमार्ग अवरुद्ध

पहिरोले पुष्पलाल लोकमार्ग अवरुद्ध
फाइल फोटो

बागलुङ – गलकोट नगरपालिका–११ रिघा फेंदीमा मंगलवार बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ ।

पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ ।

लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । ‘हटियाबाट डोजर आउँदैछ, डेढ/दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ,’ उनले भने ।

पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।

बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पुर्‍याएपछि सोमवारदेखि नै यातायात सेवा प्रभावित बनेको छ । त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्