०३ असार २०८३, बुधबार

उत्तराखण्डमा दुई सडक दुर्घटना हुँदा ७ बालबालिका सहित १२ जनाको मृत्यु

उत्तराखण्डमा दुई सडक दुर्घटना हुँदा ७ बालबालिका सहित १२ जनाको मृत्यु
प्रतिनिधि तस्वीर

काठमाडौं – भारतको उत्तराखण्डमा दुई फरक दुर्घटनामा सात बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । 

टिहरी गढवाल क्षेत्रमा विद्यालयका विद्यार्थीलाई लिएर गइरहेको एक भ्यान खाल्डोमा खस्दा सात बालबालिकाको मृत्यु भयो । दुर्घटनामा १० अन्य मानिस पनि घाइते भएका छन् । भ्यानमा १८ जना बालबालिका थिए । 

एसडीआरएफको टोली घटनास्थलमा पुगेर राहत कार्य शुरू गरेको छ । घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । 

अर्को दुर्घटना चाहिँ बद्रीनाथ हाईवेमा भएको हो । यात्रीहरू चढेको एक बसमा चट्टानका टुक्रा खस्दा पाँचजनाको मृत्यु भयो । घटनास्थलमा प्रहरी टोलीले उद्धार कारवाही शुरू गरेको छ । लामबगड स्लाइड जोनमा यो दुर्घटना भएको प्रहरीले बताएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्