२९ जेठ २०८३, शुक्रबार

३७० खारेज गरेपछि कश्मीरमा स्थिति सामान्य रहेको रिपोर्ट पठाए डोभालले

३७० खारेज गरेपछि कश्मीरमा स्थिति सामान्य रहेको रिपोर्ट पठाए डोभालले

काठमाडौं – जम्मु–कश्मीरलाई अनुच्छेद ३७० अन्तर्गत दिइएको विशेषाधिकारलाई हटाइएको छ । केन्द्र सरकारको यस निर्णयपछि कश्मीर उपत्यकामा सुरक्षा बढाइएको छ । जुनसुकै स्थितिलाई पनि सामना गर्न सरकार तयार देखिएको छ । 

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अहिले श्रीनगरमा छन् र नजिकैबाट स्थितिको निरीक्षण गरिरहेका छन् । केन्द्रको निर्णयलाई सही तरिकाले लागू नहुन्जेल त्यहीँ रहनेछन् । डोभालले लगातार त्यहाँका स्थानीयसँग बैठक गरिरहेका छन् । 

डोभालले केन्द्र सरकारलाई पठाएको प्रतिवेदनमा देहायका कुरा उल्लेख गरिएका छन् ः

समय आएपछि जम्मु कश्मीरलाई केन्द्रशासित नभई पूर्ण राज्य बनाइनेछ । त्यस वाचालाई स्थानीयहरूले स्वागत गरेका छन् । 

जम्मु–कश्मीरमा अहिले पूर्ण शान्ति छ । मानिसहरू दिनदिनैको कामकाजमा व्यस्त छन् । 

स्थानीय निवासीहरूले केन्द्र सरकारको फैसलालाई सही तरिकाले लागू गरेको छ । 

कश्मीरमा स्थानीय नेताहरू धारा ३७० खारेजीलाई डरको विषय बनाएका रहेछन् । 

सोमवार केन्द्र सरकारले जम्मु–कश्मीरमा धारा ३७० लाई कमजोर बनाउने निर्णय लिँदै जम्मु–कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएको छ । यसै फैसलाको पृष्ठभूमिमा विगत केही दिनयता उपत्यकामा हजारौं सुरक्षाबल तैनाथ गरिएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्