११ साउन २०८३, सोमबार

कश्मिरबारे चीनले मुख खोल्यो - भारतले आफ्नो क्षेत्रीय सम्प्रभुता कमजोर बनाएको आरोप

कश्मिरबारे चीनले मुख खोल्यो - भारतले आफ्नो क्षेत्रीय सम्प्रभुता कमजोर बनाएको आरोप

काठमाडौँ - भारतले संविधानको धारा ३७० निलम्बन गरेर जम्मु र कश्मिरको प्रशासनिक स्थिति बदल्ने निर्णयको विरोध गर्दै चीनले यसबाट आफ्नो क्षेत्रीय सम्प्रभुता हनन् भएको आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले मंगलवार एक वक्तव्य जारी गर्दै भारतले घरेलु कानूनको एकतर्फी संशोधन गरेर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउने निर्णय चीनको हितमा नरहेको दाबी गरिन् ।

उनले वक्तव्यमा भारतले चीनको क्षेत्रीय सम्प्रभुतामा नोक्सान पुर्याएको उल्लेख गरेकी छन् ।

'चीन सधैं भारत-चीन सीमाको पश्चिमी भागमा भारतले गर्ने गरेको हस्तक्षेपको विरोध गर्ने गरेको छ,' प्रवक्ता हुआले भनिन्, 'भर्खरै भारतले घरेलु कानूनलाई एकतर्फी संशोधन गरेर चीनको क्षेत्रीय सम्प्रभुतालाई कमजोर गर्ने प्रयास गरेको छ । भारतको यो अभ्यास चीनका लागि अस्वीकार्य छ ।'

salt training

कमेन्ट गर्नुहोस्