१५ असार २०८३, सोमबार

गत आवमा १ सय २१ तुइन विस्थापन

गत आवमा १ सय २१ तुइन विस्थापन

काठमाडौँ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत आर्थिक वर्षमा १ सय ३४ मध्ये १ सय २१ तुइन विस्थापन गरेको छ । सरकारले तुइन विस्थापन गर्ने योजनाअनुसार १ सय २१ वटा तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए ।

प्रदेश नं १ मा ५, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ ।

तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ । यसैगरी मन्त्रालयले ५ सय झोलुङ्गे पुलमध्ये ४ सय ९५ वटा निर्माण गरिएको छ ।

प्रदेश नं १ मा ८४, प्रदेश नं २०, प्रदेश नं ७३, गण्डकी प्रदेश १ सय २, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ । यसैगरी मन्त्रालयले १ सय ३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ ।

प्रदेश नं १३, प्रदेश नं १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेश नं १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा तीन वटा र सुदूरपश्चिम प्रदेशमा दुई वटा सडक बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्