११ असार २०८३, बिहीबार

स्थानीय चुनावमा ‘अनपढ’ पनि उम्मेदवार

कात्तिक २०, २०७४
स्थानीय चुनावमा ‘अनपढ’ पनि उम्मेदवार

काठमाडौं, १५ चैत– करिव २ दशकपछि (आगामी बैशाख ३१ गते) हुन लागेको स्थानीय चुनावको उम्मेदवार बन्न कुनै पनि शैक्षिक योग्यता नचाहिने भएको छ ।

उम्मेद्वार बन्न २१ वर्ष पुगेको नेपाली नागरिक भए पुग्छ । उम्मेद्वार बन्नका लागि कुनै शैक्षिक योग्यता नतोकिएकाले ‘अनपढ’ व्यक्ति पनि चुनावमा उठ्न सक्ने छन् ।

यसपटकको स्थानीय चुनावमा उम्मेदवार बन्नका लागि यसअघि स्थानीय निकाय निर्वाचन ऐनले तोकेको योग्यता नै कायम छ । उक्त ऐनमा शैक्षिक योग्यता सम्बन्धमा कुनै व्यवस्था गरिएको छैन ।

अबको स्थानीय चुनवामा कानुनले अयोग्य नभएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको २१ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार बन्ने पाउने छन्, कान्तिपुर दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्