

भारतीय संचारमाध्यमका अनुसार पहाडी जिल्ला अर्घाखाँची घर भएकी ती युवती सिकरस्थित एउटा होटलबाट पक्राउ परेकी हुन् । एक घण्टाका लागि दुईदेखि तीन हजार रुपैयाा लिएर यौन व्यवसाय गरेर उनी त्यहाँ बसेकी थिइन् ।
प्रहरीले सोमबार राति मारेको छापामा अरु तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ ।
कल सेन्टर खोलेर हुने खानेहरुका व्यक्तिका लागि देहव्यापार गर्दै आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । नक्कली ग्राहक बनेर गएका प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
उनका श्रीमान पनि दिल्लीमै रहेका छन् । उनले त्यहाँको होटलमा काम गर्छन् । उनले दिएको बयानका आधारमा उनका पतिलाई पनि उनको व्यवसायको बारेमा जानकारी छ ।