१० असार २०८३, बुधबार

इनारमा खसेर महिलाको मृत्यु

इनारमा खसेर महिलाको मृत्यु

चितवन – भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रवार बिहान इनारमा खसेर १ महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैंडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । 

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेका थिए ।

इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्