०९ असार २०८३, मंगलबार

केन्यामा क्षेत्रीय सभा चलिरहँदा अपानवायु त्याग गरिएपछि बैठक अवरुद्ध

केन्यामा क्षेत्रीय सभा चलिरहँदा अपानवायु त्याग गरिएपछि बैठक अवरुद्ध

काठमाडौं – केन्याको क्षेत्रीय सभामा बुधवार बजारमा राखिने स्टलहरूका विषयमा तात्तातो बहस चलिरहेको बेलामा कसैले अपानवायु त्याग गरेपछि सहभागीहरूले रिसाउँदै एकअर्कालाई दोष लगाएका छन् । 

‘सम्माननीय सभामुखज्यू, हामीमध्ये एकजनाले हावा प्रदूषित पारेको छ र मलाई थाहा छ ऊ को हो ?’ होमा बे काउन्टीको सभामा जुलियस गायाले भने । 

अपानवायु त्यागेको आरोप लागेका सदस्यले जवाफ फर्काए, ‘मैले हैन । म आफ्ना सहकर्मीहरूका अगाडि यस्तो काम गर्दिनँ ।’

हावा सफा पार्नका लागि सभामुख एडविन काकाचले त्यसपछि सदस्यहरूलाई बाहिर जान अनि ब्रेक लिन निर्देशन दिए । 

त्यसपछि उनले बैठक कक्षमा एयर फ्रेशनर ल्याउन लगाए । ‘जहाँबाट भए पनि जेसुकै फ्लेभरको भए पनि ल्याउनुस्, भेनिला वा स्ट्रबेरी जे भए पनि हुन्छ,’ उनले भने, ‘हामीहरू गनाउने वातावरणमा बसिरहन सक्दैनौं ।’

तर स्प्रे ल्याउनुअघि नै कुइगन्ध उडेर गएपछि बहस सुचारु भएको थियो ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्