
बुटवल– एनआईसी एसिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहक वर्ग तथा कर्मचारीहरूलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा १०% सम्मको छूट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरे ।
बैंकले मुलुकभर २९५ शाखा कार्यालयहरू, ३२१ एटीएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
१७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद रहेका छन् ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकको दाबी छ ।