०१ असार २०८३, सोमबार

प्रचण्डको जिकिर– मेरै नेतृत्वमा विद्रोह भएपनि हिंसामा प्रत्यक्ष संलग्नता छैन !

प्रचण्डको जिकिर– मेरै नेतृत्वमा विद्रोह भएपनि हिंसामा प्रत्यक्ष संलग्नता छैन !
फाइल फोटो

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले साहित्यको प्रभावकै कारण आफू विद्रोहतर्फ लागेको बताएका छन् ।

आफ्नै नेतृत्वमा हजारौंको ज्यान जाने गरी विद्रोह भएपनि हिंसाका कुनै पनि क्रियाकलापमा आफ्नो प्रत्यक्ष संलग्नता नभएको उनले दाबी गरे ।

शुक्रवार राजधानीमा आयोजित शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्धसंग्रह लोकार्पण समारोहमा बोल्दै प्रचण्डले आफू महिनौंसम्म बाहिर ननिस्किकन उपन्यास पढ्ने र त्यसबाट उद्देलित हुने मान्छे भएको बताएका हुन् ।

'मेरो नेतृत्वमा हजारौंको बलीदानी पनि भयो, तर मेरो प्रत्यक्ष रूपमा कुनै सहभागिता थिएन,' उनले भने, यो सुन्दा अचम्म लाग्ला । आजकल मान्छेले मलाई हिंसात्मक या बडो अपराधी जस्तो गरेर हेर्ने गर्छन् तर त्यो सही होइन ।'

आफूमा भएको यस्तो प्रवृत्ति साहित्यकै कारण भएको उनको दाबी छ ।

'म महिनौं बाहिर ननिस्किकन उपन्यास पढ्ने, त्यसबाट उद्देलित हुने किसिमको मान्छे हुँ,' प्रचण्डले भने, 'कविता लेख्थें, नाचगानमा असाध्यै रूचि भएको खालको मान्छे हो म । साहित्यकै कारणले झन्डैझन्डै अर्धपागल भएरै विद्रोहमा गएको हो, साहित्यिक अनुभूतिले मलाई विद्रोही बनाएको हो ।'

प्रचण्डले परिस्थितिले आफूलाई विद्रोहको नेतृत्व गर्ने स्थितिमा पुर्‍याएको स्मरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्