
काठमाडौँ - भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका पाँच हजार पाँच सय कुखुराका चल्ला व्यवसायीले आज नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
रौतहटबाट तनहँुको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेबाट नियन्त्रणमा लिई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमाल्याई नष्ट गरिएको हो ।
कुखुराका चल्ला ल्याउन प्रयोग गरिएको ना ४ च ३६९८ नं गाडीसहित व्यवसायीले नियन्त्रणमा लिएका ह्याचरी उद्योग सङ्घका सहसचिव पुरु खनालले जानकारी दिए ।
सवारीलाई भन्सार कार्यालय पठाइने जनाइएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।