
काठमाडौँ - भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानस्थित जिहादी समूहले कश्मीरमा 'जिहाद'को अपील गरेको आरोप लगाएका छन् ।
भारत सरकारले कश्मीरमा अनलाइन र इन्टरनेटको माध्यमबाट मुस्लिम उग्रपन्थीहरूले 'जिहाद'को अपील गर्न सक्छन् भनेर नै इन्टरनेटको सेवा ठप्प पारिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
बीबीसी भन्छ, 'इस्लामिक स्टेट समूह र अल-कायदाका समर्थन गर्नेहरूले इन्टरनेटको प्रयोग गरेर म्यासेज गर्दै भारत र पाकिस्तान दुवै देशले काश्मीरलाई धोखा दिएको भन्दै जिहाद नै अन्तिम समाधान हो भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई म्यासेज गरिरहेका छन् ।'
पाकिस्तानस्थित हाइ प्रोफाइल चरमपन्थी समूहले भारतको कदमप्रति कडा प्रतिक्रिया दिएको छ । भारतमा ठूला हमला गर्दै आएको मानिने जैश ए मोहम्मद समूहले प्रधानमन्त्री मोदी डराएको अभिव्यक्ति दिएको छ ।
उक्त समूहका नाइके मसूद अजहरले भनेका छन्, 'मुजाहिद्दीनले जिहादको एक अध्याय पूरा गरिसको छ, अब कश्मीरमा दोस्रो चरणको जिहाद शुरू हुनेवाला छ ।'