०५ साउन २०८३, मंगलबार

कश्मीरबारे मलाला बोलिन् : शान्तिपूर्ण समाधान चाहिन्छ

कश्मीरबारे मलाला बोलिन् : शान्तिपूर्ण समाधान चाहिन्छ

काठमाडौँ - नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी पाकिस्तानी शिक्षा अधिकारकर्मी मलाला युसुफजइले कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान निकाल्न अपील गरेकी छिन ।

उनले भनिन्, 'हामी सबैलाई शान्तिसँग रहन दिनुपर्छ । एकले अर्कालाई नोक्सान पुर्याउनु अहिलेको आवश्यकता होइन ।'

भारतले जम्मु-कश्मीरलाई विशेष अधिकार दिने संवैधानिक प्रावधानलाई खारेज गरेर लद्दाखलाई जम्मु-कश्मीरबाट अलग गरेको छ ।

यसको जवाफमा पाकिस्तानले गत बुधवार भारतीय उच्चआयुक्तलाई निष्कासित गरिदिएको थियो भने भारतसँग कुटनीतिक सम्बन्ध ठप्प पारेको थियो ।  

मलालले एक ट्वीट गर्दै भनिन्, 'जब मेरो हजुरबा र हजुरआमा युवा थिए, त्यतिबेलादेखि कश्मीरमा संघर्षको स्थिति थियो,' सबैभन्दा सानो उमेरमा नोबेल पुरस्कार पाएकी मलालाले कश्मीरको बारेमा चिन्ता गर्दै भनिन्, 'दक्षिण एसिया मेरो घर हो । यस्तो घर जहाँ कश्मीरीसहित अरबौं मान्छे बस्छन् ।'


 

salt training

कमेन्ट गर्नुहोस्