२५ जेठ २०८३, सोमबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो भर्‍याङमा एक जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो भर्‍याङमा एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका–१५ ठूलोभर्‍याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ठूलोभर्‍यालको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्