काठमाडौं, १५ चैत–सोमबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक बंगलादेशसँगको दोस्रो खेलमा नेपालले २५८ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रनको योगफल तयार गरेको हो ।
बंगलादेशका नाजिर हुसैनले नटआउट रहँदै सर्वाधिक १०९ रन बनाए भने मोमिनूल हेक्युले ६१ रनको योगदान दिए । यस्तै अबुलहसन राजुले २९ रन बनाए ।
नेपालका लागि अविनाश कर्ण एक्लैले ३ विकेट लिए । यस्तै सन्दिप लामिछाने। ले तथा मेहवुव आलम, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दै छ
।