१५ असार २०८३, सोमबार

उपहारमा अर्कै कारको अपेक्षा गरेका व्यक्तिले बीएमडब्ल्यू फ्याँके नदीमा

उपहारमा अर्कै कारको अपेक्षा गरेका व्यक्तिले बीएमडब्ल्यू फ्याँके नदीमा

काठमाडौं – भारतको हरियाणामा एक व्यक्तिले जन्मदिनको उपहारमा ज्यागुआर कारको अपेक्षा गरेको भए पनि बीएमडब्ल्यू कार पाएपछि त्यस कारलाई नदीमा धकेलिलिएका छन् । 

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा उक्त कार बगिरहेको देख्न सकिन्छ । 

पछि त्यो कार किनारको झाडीमा अड्किन पुग्यो र ती व्यक्तिले कार उद्धार गर्न खोजे । ती व्यक्ति धनी जमीनदारको छोरा भएको बताइएको छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको स्थानीय मिडियाको रिपोर्टमा उल्लेख छ । 

बीएमडब्ल्यू कारलाई भारतमा लगभग ३५ लाख भारु पर्छ भने ज्यागुआर कारलाई लगभग ५० लाख भारु पर्छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्