०७ असार २०८३, आइतबार

जुवा खेल्दाखेल्दै ४० जना जुवाडे पक्राउ

जुवा खेल्दाखेल्दै ४० जना जुवाडे पक्राउ
प्रतिकात्मक तस्वीर

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २ दिनमा विभिन्न ४ स्थानबाट जुवा खेलिरहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी २ लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट ४ बुक तास, ८ जना व्यक्तिसहित १ लाख २१ हजार १४० र पोखरा–८ नागढुंगास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा ७ जना र ६२ हजार ८३५ रुपैयाँ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा ३२ भैmरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जनासहित २५ हजार २०० रुपैयाँ र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र ६ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्