३१ जेठ २०८३, आइतबार

यी हुन् संसारमा सबभन्दा बढी बिक्ने स्मार्टफोनहरू

कात्तिक २०, २०७४
यी हुन् संसारमा सबभन्दा बढी बिक्ने स्मार्टफोनहरू

काठमाडौं, १५ चैत — पछिल्लो तीन महिनामा एप्पल संसारको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको छ । यसअघि सामसुङले शीर्ष स्थानमा कब्जा जमाएकोमा अहिले एप्पल आएको छ ।


आईएचएसको मार्केट स्मार्टफोन शिपमेन्ट डेटाबेसबाट कुन स्मार्टफोन सबभन्दा बढी बिक्यो भन्ने पत्ता लाग्छ । त्यसका आधारमा हेर्दा एप्पल, सामसुङ र ओप्पोको कब्जा देखिन्छ ।

एप्पल आईफोन एस६ सबभन्दा बढी बिकेको स्मार्टफोन हो । डिसेम्बर २०१५ मा लन्च गरिएको स्मार्टफोनमा थ्रीडी टच, दुई जीबी –याम, १२ मेगापिक्सेल ब्याक क्यामरा र पाँच मेगापिक्सेल फ्रन्ट क्यामरा छ ।

त्यसपछि एप्पलकै अन्य उत्पादनहरू एप्पल आईफोन ७, एप्पल आईफोन ७ प्लस, एप्पल आईफोन ६ एस प्लस आउँछन् ।

यिनीहरू पछि सामसुङको पालो आउँछ । सामसुङको ग्यालेक्सी एस७ एज बढी बिकेको थियो र यसमा ५.५ इन्चको डिस्प्ले, क्वाड एचडी सुपर एमोलेड, ३६०० एमएएच ब्याट्री, चार जीबी –याम, १२ मेगापिक्सेल ब्याक क्यामेरा र पाँच मेगापिक्सेल फ्रन्ट क्यामरा छ ।

त्यसपछि सामसुङको ग्यालेक्सी जे३, जे५, एस७ र जे७ बिकेका छन् ।

ओप्पो ए५३ चाहिँ एप्पल र सामसुङभन्दा फरक एक्लो सर्वाधिक बिक्ने स्मार्टफोन हो । यसमा ५.५ इन्चको एचडी डिस्प्ले, क्पालकम स्न्यापड्रागन ६१६ प्रोसेसर, दुई जीबी –याम र तीन हजार ७५ एमएएच ब्याट्री छ ।

नवभारत टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्