०९ असार २०८३, मंगलबार

पिताको शवलाई आफ्नो बिहेमा लग्यो छोराले, लाशकै अगाडि अग्निपरिक्रमा

पिताको शवलाई आफ्नो बिहेमा लग्यो छोराले, लाशकै अगाडि अग्निपरिक्रमा

काठमाडौं – भारतको तमिलनाडुस्थित विल्लुपुरममा एक छोराको बिहे हुनै लागेको बेलामा पिताको निधन भएको छ । बुवाको अन्तिम इच्छा पूरा गर्नका लागि उनको शव अगाडि राखेर छोराले सातपटक अग्निपरिक्रमा गरेका छन् । 

खबर अनुसार, बिहेको ठीक एक दिनअघि ३१ वर्षीय डी अलेक्जेन्डरका पिता देवमणिको मृत्यु भयो । देवमणि आफ्नो छोराको विवाह धुमधामले होस् भन्ने चाहन्थे । पिताको मृत्युपछि अलेक्जेन्डरले बिहे गरेर मात्र पिताको अन्तिम संस्कार गर्ने बताए । 

उनले बेहुली अन्नपूर्णानीसँग पनि कुरा गरे । उनी अलेक्जेन्डरको प्रस्तावमा बिहे गर्न तयार भइन् । 

त्यसपछि धुमधामसँग बिहे गरियो । बिहे चल्दै गर्दा दुलाहा दुलही र परिवारका अन्य सदस्यले शवसँग फोटो पनि खिचे । जन्ती लान शवलाई नुहाएर नयाँ कपडा पनि लगाइयो । बिहेपछि शनिवार शवको अन्तिम संस्कार गरियो । बिहेको तस्वीर अहिले भाइरल भइरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्