
काठमाडौं, १५ चैत — उत्तर कोरियाले रकेट इन्जिन परीक्षण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार उत्तरले यही रकेटबाट अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र बनाउन सक्छ ।
तानाशाह किम जोङ–उनले रकेट इन्जिनलाई क्षेप्यास्त्रमा प्रयोग गर्न सक्ने सम्भावना छ । उनको उद्देश्य अमेरिकामाथि प्रहार गर्ने नै हो ।
शुक्रवार नै उत्तरले इन्जिनको परीक्षण गरेको हुन सक्ने समाचार संस्थाहरूले बताएका छन् ।
उत्तरको सरकारी मिडियाले यस रकेटमार्फत देशले स्याटेलाइट लन्चिङ क्षमता हासिल गर्ने बताएको छ ।
यसअघि ५०० किमिसम्म मार हान्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाले परीक्षण गरिसकेको छ ।
दैनिक भास्करबाट