०६ असार २०८३, शनिबार

वातावरण जोगाउन ब्राजिलका राष्ट्रपतिको अनौठो सुझाव : दिन बिराएर मल त्याग्नू

वातावरण जोगाउन ब्राजिलका राष्ट्रपतिको अनौठो सुझाव : दिन बिराएर मल त्याग्नू

काठमाडौं – ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले वातावरण जोगाउनका लागि दिन बिराएर मल त्याग्न सुझाव दिएका छन् । सत्तामा आएदेखि अमेजनको घना जंगल नाश गरेकोमा आलोचना भएपछि बोल्सोनारोले यस्तो सुझाव दिएका हुन् । 

दक्षिणपन्थी नेता बोल्सोनारोले एक पत्रकारको प्रश्नको उत्तर दिने क्रममा यसो भनेका हुन् । एकैचोटि आर्थिक वृद्धि गर्न, संसारका भोका मानिसलाई खाना खुवाउन र वातावरण समेत संरक्षण गर्न सम्भव छ भनी सोधेको प्रश्नमा बोल्सोनारोको जवाफ आएको हो । 

‘अलि कम खानु नै पर्याप्त छ । तपाईं वातावरणीय प्रदूषणको कुरा गर्दै हुनुहुन्छ । दिन बिराएर दिसा गर्नु पर्याप्त छ । सारा संसारका लागि त्यो नै राम्रो कुरा हुनेछ,’ बोल्सोनारोले भने ।

अमेजनको जंगलमा व्यापक फँडानी भइरहेको भनी प्रतिवेदन दिने एक सरकारी निकायका प्रमुखलाई यसै महिना बोल्सोनारोले बर्खास्त गरेका थिए । 

अमेजनको रेनफरेस्टलाई तीव्र गतिमा विनाश गरेको भन्दै बोल्सोनारोको आलोचना भइरहेको छ । उक्त जंगलले ब्राजिलको व्यापक क्षेत्र ओगट्छ र ग्लोबर वार्मिङको सामना गर्न यो महत्त्वपूर्ण क्षेत्र हो । 

ब्राजिलको नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले रेनफरेस्टको स्थितिको ट्य्राक राख्ने गरेको छ र उसले बताएअनुसार, अमेजनको २२ सय ५४ वर्ग किलोमिटर क्षेत्र जुलाई महिनामा वन विनाश गरिएको थियो । एक वर्षअघिभन्दा यो २७८ प्रतिशतको वृद्धि हो ।

जुन महिनामा पनि अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतले जंगल मासिएको छ । तर बोल्सोनारोले यो सब झूटो भएको बताएका छन् । त्यसपछि उनले रिसर्च संस्थाका प्रमुख रिकार्डो गाल्भाओलाई अगस्ट २ मा जागिरबाट बर्खास्त गरेका छन् । 

ब्राजिलमा वन विनाशमा तीव्र गतिले वृद्धि गरिएपछि संसारभरि त्यसको आलोचना भएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्