काठमाडौं– नेकपा सांसद एवं पूर्व विद्यार्थी नेतृ नविना लामाले त्रिवि लगायत विश्व विद्यालयमा रिक्त पदाधिकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेकी छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद लामाले त्रिविमा बढेको विकृति र विसंगति अन्त्यका लागि खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिको नियुक्ति गर्न माग गरेकी हुन् ।
‘त्रिविमा डरलाग्दो विकृति विसंगति मौलाएको छ, परीक्षा सञ्चालनको विषयमा या सम्बन्धन प्राप्त गर्ने विषयमा । विश्वविद्यालयमा बढ्दो विकृति, विसंगति र अराजकताको अन्त्यका लागि राजनीतिक भागबण्डा भन्दा विधि र खुला प्रतिस्पर्धाका आधारमा चयन होस्,’ लामाले भनिन्, ‘निष्पक्ष प्राज्ञिक व्यक्तिलाई भीसी र पदाधिकारी नियुक्त गरियोस् ।’