०१ असार २०८३, सोमबार

दशगजा क्षेत्र मिचेर भारतीय पक्षले बनाएको कुलो पुरियो

कात्तिक २०, २०७४
दशगजा क्षेत्र मिचेर भारतीय पक्षले बनाएको कुलो पुरियो
काठमाडौं, १५ चैत - बर्दियाको मधुवनमा दशगजा क्षेत्र मिचेर भारतीय पक्षले बनाएको कुल पुरिएको छ । सशस्त्र प्रहरीले कुलो पुर्न लगाएको हो ।

भारतीय बन विभागका कर्मचारीले खनेको कुलो पुर्न लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

दशगजा मिचेर बनाएको कुलो आफूहरुले पुर्न लगाको प्रहरी निरीक्षक भुपेन्द्र पालले बताए । भारतीय पक्षले सो कुलो भारतमै पर्ने दावी गरेपनि भारतमा पर्ने नपर्ने एकिन हुन नसकेपछि पुर्न लगाइएको उनले बताए ।

भारतीय बन विभागका कर्मचारीले २५ मिटर लामो कुलो खनेका थिए । भारतले कुलो खनेपछि विवाद भएको थियो ।
तर नेपाल र भारतको सिमानाको विचमा निर्धारण गरिएको दशज गजा क्षेत्रमा कुनैपनि भौतिक संरचना निर्माण गर्न पाइँदैन । दशगजा मिचेर कुलो खनेको थाहा हुने वित्तिकै सशस्त्र प्रहरीले रोक्न लगाएको हो ।

सिमा क्षेत्रमा सिमा अतिक्रमणका यस्ता घटनाहरु दिन प्रति दिन हुने गरेका छन् । केही दिन अघि कञ्चनपुरमा सिमाना विवादकै कारण भारतीय सुरक्षा बलको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
आफ्ना नागरिकको मृत्यु भएपछि नेपालको सुरक्षा पक्ष चनाखो भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्