
काठमाडौं – चीनमा गत साता आएको आँधीले ल्याएको बाढीमा नडुब्नका लागि एउटा मुसो टेबलको खुट्टामा झुण्डिएको छ ।
पानी निकै माथि आएपछि मुसाले चारैवटा खुट्टाले टेबलको खुट्टामा च्याप्प समातेको थियो ।
भिडियोमा देखिन्छ– बाढीको पानीभन्दा माथि मुसोले टाउको पार्दा कोठामा भएका युवती हाँस्छन् ।
भिडियोमा एक युवती गोडा च्यापेर टेबलमाथि बसेर बाढीको पानी बगेर जाने प्रतीक्षा गरेको देखिन्छ ।
मुसो टेबलको खुट्टोबाट माथि चढ्दै जाँदा युवतीहरू झनै चिच्याउँछन् ।
चीनका झेजियाङ, शान्दोङ र आन्हुई प्रान्तहरूमा लेकिमा आँधीले बाढी ल्याएको थियो ।
एजेन्सी