०१ असार २०८३, सोमबार

ट्रम्पको रुससँगको सम्बन्धमाथिको अनुसन्धान रोकियो

कात्तिक २०, २०७४
ट्रम्पको रुससँगको सम्बन्धमाथिको अनुसन्धान रोकियो

काठमाडौं, १५ चैत — अमेरिकाको हाउस इन्टेलिजेन्स कमिटीले रुस र राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानको अनुसन्धानलाई खलल पुग्नेगरी उठेको विवादका कारण यो हप्ताका लागि निर्धारित सबै बैठक रद्द गरेको छ ।


डेमोक्रेटहरूले कमिटीका अध्यक्ष डेभिन नुनेसले राजीनामा दिनुपर्ने बताएपछि बैठक रद्द भएका हुन् । यससँगै अनुसन्धान पनि रोकिएको छ ।

नुनेसले एक स्रोतबाट प्राप्त गोप्य सूचना ट्रम्पलाई ह्वाइट हाउसमै बताउने निर्णय गरेको भन्दै डेमोक्रेटहरूले आपत्ति जनाएका हुन् ।

नुनेस ह्वाइट हाउससँग अत्यन्त निकट सम्बन्ध रहेको र उनले रुसी सम्बन्धका बारेमा पूर्ण अनुसन्धान नगर्ने डेमोक्रेटहरूले बताएपनि रिपब्लिकनहरूले यो दाबीलाई खारेज गरेका छन् ।

तर बैठक नै रद्द गर्ने निर्णयबाट चाहिँ प्यानलले गम्भीर समस्या बेहोरिरहेको र यो अघि बढ्ने कि नबढ्ने प्रश्न उठेको छ ।

नुनेसले मंगलवार रुससम्बन्धी सार्वजनिक सुनुवाइ रद्द गर्दै एफबीआईका निर्देशक जेम्स कोमे र नेसनल सेक्युरिटी एजेन्सी निर्देशक माइक रोजर्ससँग निजी वार्ता गरेका थिए । डेमोक्रेटहरूले यसमा आपत्ति उठाउँदै ट्रम्पको रुससँगको सम्बन्ध सार्वजनिक दृष्टिमा रहनुपर्ने बताएका छन् ।

तर कोमे र रोजर्सले प्यानललाई ब्रिफ नगर्ने निर्णय लिए किनकि समिति आफैं अनुसन्धान कसरी अघि बढाउने अन्योलमा छ ।

सीएनएनबाट


salt training

कमेन्ट गर्नुहोस्