काठमाडौं, १६ चैत– सरकारले १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलो पटक सीमा तोकेको छ ।

गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेबाट लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरेको खबर आजको कारोबारमा खबर छापिएको छ ।
यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबार नगदमा गर्न पाउने छैनन् ।