
काठमाडौं – दक्षिण अफ्रिकाको सबी स्यान्ड्स आरक्षमा सफारी गाइडले सिंहको पाइला पछ्याउँदै अघि बढिरहेको बेलामा अचानक सिंहसँग जम्काभेट गरेका छन् ।
सफारीलाइभका स्टिभन फाउलकोनब्रिजले न्कुहुमा सिंहहरू खोज्दै गर्दा झाडीपछाडि सिंह भेटेका थिए ।
सिंहको पाइलाको छाप बालुवामा देखेपछि उनी गाडीबाट ओर्लन्छन् ।
लाइभ प्रसारण गरिरहेका उनी डमरुका पाइला पछ्याउँदै गाडीको पछिल्तिर जान्छन् तर नजिकै झाडीमा सिंह रहेको थाहा पाउँदैनन् ।
उनी टाउको तल झुकाएर कारबाट १० फीट पर पुग्छन् ।
अचानक आठवटा सिंह झाडीबाट निस्कन्छन् ।
फाउल्कोनब्रिजले हात उठाएर पछाडि फर्किंदै, ओह माइए वर्ड, ओह माई वर्ड भनेको सुनिन्छ ।
उनी ढाडका पछाडि हात राखेर सिंहको झुण्डबाट टाढा जान्छन् र न्यारेट गरिरहन्छन् ।
‘हामी सिंहको झुण्डसँग भर्खरै ठोकियौं,’ उनले यसो भन्दा उनी र क्यामराम्यान हाँस्छन् ।
यो सब हुँदा सिंहहरूले कुनै मतलब गर्दैनन् । तीनवटा सिंह झाडीतिर जान्छन् भने अरू त्यहीँ बसिरहन्छन् ।
एजेन्सी