काठमाडौं– केही दिनयता स्थिर रहेको सुनको मूल्य बुधवार फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन ७१ हजार रुपैयाँ प्रततोलामा कारोवार भइरहेको छ ।
मंगलवार ७१ हजार रुपैयाँमा करोवार भएको छापावाल सुनमा बुधवार ३ सय रुपैयाँ वृद्धि भएको हो ।
तेजावी सुन भने ७१ हजार रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको छ ।
चाँदी पनि रु. ५ ले बढेर बुधबार तोलाको ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।