
काठमाडौं – मेक्सिकोको गुआडेलूपमा एउटा कारमा आगो लागेपछि तीनजना महिला भाग्न बाध्य भएका छन् ।
आगो लागेपछि धूवाँको बाक्लो मुश्लो उठेको थियो ।
घटनाको भिडियोमा एउटा कारलाई आगोको लप्काले लखेटेको देखिन्छ ।
आगो निभाउनका लागि कारलाई पानी जमेको ठाउँमा लगिएको थियो तर आगोले कारलाई छोपिरहन्छ ।
त्यसपछि कारमा अचानक ब्रेक लगाइन्छ र त्यो चोकको बीचमा चिप्लिन्छ ।
अनि कारका चारैवटा ढोका खुल्छन् र तीन महिला भाग्न थाल्छन् ।
बटुवाहरूले ती महिलालाई कारबाट भागेर नजिकैको भवनमा लुक्न भन्छन् । कार पड्किने डर उनीहरूलाई हुन्छ ।
एम्बुलेन्सकर्मीहरूले आगो लागेको वाहनतिर पानीको फोहरा लिएर गएको देखिन्छ ।
एजेन्सी