०९ असार २०८३, मंगलबार

दलित छात्रालाई साइकल वितरण

दलित छात्रालाई साइकल वितरण
प्रतिकात्मक तस्वीर

महोत्तरी – उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेका छन् । 

त्रिभुवन माविको प्रागणमा आज आयोजित एक समारोहमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्राहरुलाई एक थानका दरले साइकल वितरण गरिएका हुन् । 

मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत यहाँका दलित छात्राहरुलाई साइकल वितरण गरिएको नगरप्रमुख शिवनाथ महतोले बताए ।

अगामी दिनमा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई लक्षित गर्दै आर्कषण प्याकेज ल्याउने तयारी गरिएको पनि उनले बताए ।

आर्थिक वर्ष २०७५/०७६ को योजना कार्यक्रमअन्तर्गत सो छात्रवृत्ति कार्यक्रम राखिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्काले बताए ।

छात्रवृत्ति पाउनेमा नगरपालिकाको नौवटा सामुदायिक विद्यालयका ५३ छात्रा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्