काठमाडौं, १६ चैत — बेलायतकी प्रधानमन्त्री टेरिजा मेले बेलायतलाई युरोपेली संघबाट निस्कने (ब्रेग्जिट)को औपचारिक पत्रमा मंगलवार हस्ताक्षर गरेकी छन् ।

बुधवार यो पत्र युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्ककहाँ पुग्नेछ । लिस्बन सन्धिको धारा ५० अन्तर्गत बेलायतले छुट्टिनका लागि आधिकारिक सूचना दिएको हो ।
हाउस अफ कमन्समा एक वक्तव्य दिँदै प्रधानमन्त्रीले यस क्षणमा देशभरिका मानिस सँगै आउनुपर्छ भन्नेछिन् ।
गत वर्षको जुन महिनामा भएको जनमत संग्रहमा बहुसंख्यक बेलायतीहरूले युरोपेली संघ छोड्नका लागि मत दिएका थिए ।
मेको पत्र युरोपेली संघका लागि बेलायतका राजदूत सर टिम ब्यारोलाई हस्तान्तरण गरिनेछ ।
बीबीसीबाट