०१ असार २०८३, सोमबार

आरोपितले प्रतिरक्षक वकिललाई मुक्का हिर्काए (भिडियो)

आरोपितले प्रतिरक्षक वकिललाई मुक्का हिर्काए (भिडियो)

काठमाडौं – अमेरिकाका एरिजोनामा रहेको एक अदालतकक्षमा आरोपितले आफ्नै प्रतिरक्षक वकिललाई मुक्का प्रहार गरेका छन् । ती आरोपितले जेलका अधिकारीलाई टोकेको आरोपमा पुर्पक्षको सामना गरेका थिए । 

लमोन्ट पेन नामक ती आरोपितले पुर्पक्ष चलिरहेको बेलामा न्यायाधीशको कुरा सुनेर उभिरहेका थिए । 

न्यायाधीशले उनलाई अदालतबाट बाहिर जान भनेपछि पेन उठे अनि आफ्ना कागजात मिलाउन लागेको जस्तो गरे । अचानक उनले भ्लादिमिर गागिकलाई अनुहारमा मुक्का हिर्काए । 

गागिक त्यतिखेर बसिरहेका थिए । उनले छेउतिर गएर आफ्नो घाउ सुम्सुम्याएका थिए भने पेनलाई दुईजना सुरक्षाकर्मीले समातेका थिए । 

पेनले सन् २०१६ मा मारिकोपा काउन्टी जेलमा एक अधिकारीको घुँडामा टोकेको आरोप छ । 

गागिकलाई मारिकोपा काउन्टी कार्यालयले उनको प्रतिरक्षाका लागि नियुक्त गरेको थियो । 

गागिकले आफूलाई खासै चोटपटक नलागेको बताए । उनले भने, ‘मैले लगभग २० वर्षदेखि वकालत गर्दै आएको छु र सबै किसिमका पक्ष भेटेको छु तर कसैले पनि पेनको जस्तो व्यवहार देखाएको थिएन ।’

गागिकको नाकबाट रगत आएको थियो र अनुहार सुन्निएको थियो । उनले पेनविरुद्ध मुद्दा दर्ता गरेका छन् । पेनलाई अदालतमा आउन अनुमति दिइएको छैन । 

गागिक अहिले मारिकोपा काउन्टी सार्वजनिक प्रतिरक्षा सेवामा काम गर्दैनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्