१० असार २०८३, बुधबार

फेरि आयो पशुपति पेन्ट्सको ‘महापर्वको रंगोत्सव’

फेरि आयो पशुपति पेन्ट्सको ‘महापर्वको रंगोत्सव’

काठमाडौं – पशुपति पेन्ट्सले आफ्ना उपभोक्तामाझ कम्पनीको लोकप्रिय योजना ‘महापर्वको रंगोत्सव’ फेरि ल्याएको छ ।

सदाझैं यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्षित गरी यस योजना ल्याएको हो । 

यस वर्षको योजना अन्तर्गत उपभोक्ताले ५० हजार रुपैयाँ बराबरको पेन्ट्स खरिद गरी लक्की ड्र कुपनमार्फत सुन र चाँदीको उपहार जित्न सक्नेछन् ।

योजनाको अन्त्यमा ‘लक्की ड्र’मार्फत ४ जनाले तेस्रो पुरस्कारको रुपमा जित्नेछन् २०० ग्राम चाँदी, ४ जनाले दोस्रो पुरस्कारको रुपमा जित्नेछन् ५ ग्राम सुन र ४ जनाले पहिलो पुरस्कारको रुपमा  जित्नेछन् १० ग्राम सुन । १ जना भाग्यशाली विजेताले भने बम्पर उपहारमा जित्नेछन् २० ग्राम सुन ।

त्यसैगरी, १ लाख रुपैयाँ बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले एउटा आकर्षक भित्ते घडी पाउने जनाइएको छ ।

पशुपति पेन्ट्सले चाडपर्वलाई लक्षित गरी उपभोक्तामाझ योजना ल्याएको यो तेस्रो पटक हो । नेपालको सबैभन्दा पहिलो पेन्ट्सको रुपमा स्थापित पशुपति पेन्ट्सले हालै आफ्नो ३६ औं वार्षिकोत्सव पूरा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्