
जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेश संसदीय दलले प्रदेश सभामा प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्ताव दर्ता गराएको छ ।
संसदीय दलको बिहीवारको बैठकको निर्णय अनुसार नेकपाले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको छ ।
प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गराउने समयावधि बिहीवार ५ बजेसम्म तोकिएको छ ।
नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलका अनुसार प्रदेश राजधानी जनकपुरधाम बृहत्तर जनकपुर क्षेत्र, मिथिला माध्यमिकी परिक्रमाको धनुषा र महोत्तरीका क्षेत्रसम्म विस्तार गर्न प्रस्ताव गरिएको छ ।
प्रदेश सभामा १०७ सांसदमध्ये ३२ जना नेकपाका छन् । सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेशको नाम मधेश र राजधानी मिथिला माध्यमिकी परिक्रमा क्षेत्र प्रस्ताव गर्ने निर्णय गरिसकेको छ ।