काठमाडौं, १६ चैत–खेल शुरु हुनुभन्दा केही घण्टा पहिला कारबाहीमा परेका मेस्सीको अनुपस्थितिमा खेलिएको खेलमा अर्जेन्टिना पराजित भएको छ ।

विश्वकप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना बोलिभियासँग पराजित भएको हो । बोलिभियाले अर्जेन्टिनाको पोस्टमा दुई गोल हानेको हो । यो पराजयसँगै रुस विश्वकप यात्रामा अर्जेन्टिनालाई धक्का लागेको छ ।
बोलिभियाको जितमा आन कारलोस आर्स र मार्सेलो मार्टिन्सले गोल गरेका थिए । मेस्सीविना मैदानमा उत्रिएको अर्जेन्टिनाले गोलका केही प्रयास गरेको भएपनि त्यो सम्भव भएन ।
हारसँगै अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप छनोटको पाँचौ स्गानमा झरेको छ । शीर्ष चारमा रहेन टोली सोझै रुस विश्वकपमा छानिने छन् । त्यसका लागि अब चार खेल खेल्न बाँकी रहेको छ भने, मेस्सीले अन्तिम एक खेल मात्र खेल्न पाउने छन् ।
चिलीसँग शुक्रबार बिहान भएको खेलमा लाइन्सम्यानमाथि गाली गरेको भन्दै फिफाले उनलाई चार खेलको प्रतिवन्ध लगाएको छ ।