
काठमाडौं, १६ चैत — अस्ट्रेलियाको उत्तरपूर्वी तटीय इलाकाको १३ सय किलोमिटर क्षेत्र डेब्बी चक्रवातका कारण बाढीको खतरामा रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।

डेब्बीले उक्त इलाकामा ठूलो क्षति गरेको छ । मुसलधारे वर्षा र दशौं हजारौं घरमा बिजुली काटिएकाले नाजुक स्थिति छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले प्रकोप रेस्पोन्स योजना सक्रिय गरेका छन् ।
बुधवार दिनभरि २५० मिलमिटर वर्षा हुने अनुमान गरिएकाले अधिकारीहरूले मानिसलाई सडकमा ननिस्कन अनुरोध गरेका छन् । बाढीको पानीमा फँसिने भएकाले सडकमा नआउन भनिएको हो ।
अहिलेसम्म चक्रवातका कारण तीनजना गम्भीर घाइते भएका छन् तर यो संख्या बढ्न सक्ने देखिन्छ ।
बीबीसीबाट