
काठमाडौं, १६ चैत — मंगलग्रहमा कुनै बेलामा पानी थियो भन्ने विषयमा अनुसन्धानकर्ताहरूले थप प्रमाण फेला पारेका छन् । तीन अर्ब वर्षअघि मंगलमा विशाल सुनामी गएको हुनसक्ने उनीहरूले पत्ता लगाएका हुन् ।

एक उपग्रह (एस्टेरोइड) महासागरमा खस्दा सुनामी आएको अनुसन्धानकर्ताहरूले बताए । उनीहरूको अनुसन्धान निष्कर्ष जर्नल अफ जियोफिजिकल रिसर्चमा छापिएको छ ।
मंगलग्रहको एचडी तस्वीर हेर्दा धेरैअघि त्यहाँ बाढी आएको अवशेष भेटिन्छन् ।
यसो हो भने त्यहाँ पानीको सम्भावना छ र बस्ती बसाल्न सकिन्छ ।
आरटीबाट