०५ असार २०८३, शुक्रबार

युरोपेली संघबाट कहिले अलग्गिन्छ बेलायत ?

कात्तिक २०, २०७४
युरोपेली संघबाट कहिले अलग्गिन्छ बेलायत ?

काठमाडौं, १६ चैत — बेलायतले बुधवारबाट युरोपेली संघबाट अलग्गिने प्रक्रिया (ब्रेग्जिट) को औपचारिक शुरुवात गरेको छ ।


बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेग्जिट पत्रमा हस्ताक्षर गरेपछि युरोपेली संघको ब्रसेल्सस्थित मुख्यालयमा चिट्ठी पुगेको छ ।

दुई वर्षभित्रमा बेलायतले लिस्बन सन्धिको धारा ५० लागू गरेर युरोपेली संघबाट अलग्गिने शर्तमा सहमति कायम गर्नुपर्नेछ ।

बेलायती प्रधानमन्त्रीले यो प्रक्रिया लागू गरेपछि बेलायत सन् २०१९ को गर्मी महिनासम्मा युरोपेली संघबाट अलग्गिनेछ ।

तर बेलायतका पूर्व विदेशमन्त्री तथा अहिलेका अर्थमन्त्री फिल ह्यामन्डका अनुसार बेलायतलाई युरोपेली संघबाट अलग्गिने सबै वार्ता पूरा गर्न ६ वर्ष लाग्न सक्छ ।

सदस्यता छोड्ने शर्तमा २७ सदस्य देशका संसद्हरूले सहमति दिनुपर्ने हुन्छ जसका लागि धेरै वर्ष लाग्छ ।

धारा ५० सन् २००९ को डिसेम्बरमा लागू भएको थियो र यो लिस्बन सन्धिको एक अंग हो जसअन्तर्गत युरोपेली संघले संवैधानिक दर्जा पाएको थियो ।

यसअघि कुनै पनि देशले संघबाट अलग्गिने औपचारिक प्रक्रिया निर्धारित गरेका थिएनन् ।

धारा ५० मा जम्मा पाँच अनुच्छेद छन् र यसको प्रयोग हालसम्म भएको छैन ।

तर डेनमार्कको ओभरसिज क्षेत्र ग्रीनल्यान्डले सन् १९८२ मा जनमत संग्रह गराएको थियो जसपछि ऊ युरोपेली संघबाट अलग्गियो । तर ग्रीनल्यान्ड स्वतन्त्र देश हैन ।

बीबीसी हिन्दीबाट




salt training

कमेन्ट गर्नुहोस्