०७ असार २०८३, आइतबार

एन आई सी एशिया बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

कात्तिक २०, २०७४
एन आई सी एशिया बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं, १६ चैत - एन आई सी एशिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी गराउदै भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्