१० असार २०८३, बुधबार

मुगुको खत्याडामा पशु स्वास्थ्य शिबिर

कात्तिक २०, २०७४
मुगुको खत्याडामा पशु स्वास्थ्य शिबिर
मुगु १६ चैत्र – मुगुको खत्याडा गाउँपालिका अन्त्र्रगत हयाङलु, सुकाढिक र कोटडाडाका बस्तीका सबै गाउँ समेटने गरि निशुल्क पशुस्वास्थ्य शिबिर संचालन गरिएको छ । पशु सेवा कार्यालयको प्राबिधिक सहयोग र नेपाल जलबायु परिर्वतन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा तिन दिने उक्त शिबिरमा करिव ४ हजार ५ सय भेडाबाख्रा लाई पिपिरआर सुई लगाइएको छ ।
स्थानीयका करिव ३ सय गाई भैसी लाई घाउ खटिराको उपचार चाम्रे माटेमा रोगको औषधि उपचार गरि भिटामिन तथा जुकाको औषधि खुवाइएको छ ।

सोही गाउँबस्तीका स्थानीयहरुको घरपालुवा करिव १ सय ५० कुकुरहरु लाई रेबिज रोग बिरुद्धको खोप लगाईएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु स्वास्थ्य शिबिरको लागि आधा दर्जन प्राबिधिकहरु खटिएको पशु स्वास्थ्य प्राबिधिक दिर्घबहादुर बुढाले जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्