१२ असार २०८३, शुक्रबार

आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता, १६ वर्षीया किशोरीको यसरी गएको थियो ज्यान

आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता, १६ वर्षीया किशोरीको यसरी गएको थियो ज्यान

ओखलढुङ्गा–आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको थियो । गोमाको  परिवारले फेसबुकको ‘फेक आइडी’ खोलेर उनलाई बदनाम गराई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पीडकको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । 

प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा युवराजले गोमालाई आत्महत्या गर्न दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताए । 
युवराजले प्रहरीसँगको बयानमा गोमाको फेक आइडी खोलेर बदनाम गरेको स्वीकार गरेका छन् । जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । 
 

salt training

कमेन्ट गर्नुहोस्