१५ असार २०८३, सोमबार

अमेरिकामा पनि बेरोजगारी : बेरोजगार भत्ता लिनेको संख्या बढ्यो !

अमेरिकामा पनि बेरोजगारी : बेरोजगार भत्ता लिनेको संख्या बढ्यो !

वासिङ्टन–  संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरूको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ ।

यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरूको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ ।

संयुक्तराज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याँकले रोजगारी गुमाउनेको संख्यामा वृद्धि नभएको देखाएको छ । अमेरिकामा बेरोजगारी भत्ता लिनेहरूको संख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ ।

अमेरिकी श्रम बजारमा रोजगारदाताहरूले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन् । विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३।७ प्रतिशतको हाराहारीमा रहेको छ । विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्