०५ असार २०८३, शुक्रबार

हट एयर बलूनबाट लडे यात्री (भिडियो)

हट एयर बलूनबाट लडे यात्री (भिडियो)

काठमाडौं – अस्ट्रियामा हट एयर बलून नियन्त्रणबाहिर गएपछि दुईजना मानिस लडेर घाइते भएका छन् । 

राग्गाल नामक स्थानमा हावा लागेपछि अवतरण गर्ने क्रममा पाइलट हान्सयोर्ग केलर र एक यात्रु बलूनको बास्केटबाट लडेका थिए ।

एकजना व्यक्तिले आफ्नो घरबाहिर यो घटनाको भिडियो खिचेका थिए । दुईजना लडेपछि हट एयर बलून फेरि हावामा उडेको थियो । 

स्विट्जरल्यान्डका चालक अस्ट्रियाका ६ यात्रु लिएर ग्रसेस वाल्सेरटालबाट फर्किरहेका थिए र सोमवार उनी साँझ साढे ८ बजे बलून अवतरण गराउन चाहन्थे । 

उनले अवतरण गराउन खोज्दा हावाले हट एयर बलूनलाई उठाएर पछारेको थियो । 

त्यसको बास्केट पल्टिएको थियो अनि पाइलट र यात्रुहरू त्यसबाट खसेका थिए । 

पाइलटलाई सामान्य चोटपटक लागेको थियो भने यात्रुको हात भाँचिएका कारण अस्पताल भर्ना गर्नुपरेको थियो । अ यात्रुहरूलाई चोटपटक लागेको थिएन । 

प्रहरीका अनुसार, अवतरणका बेलामा मौसमको स्थिति ठीक थियो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्