
काठमाडौं – भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना २ नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागि र एक ग्रीज लन्च गरेको छ ।
नाडाले आयोजना गरेको अटो शो भदौ १० गतेदेखि १५ गतेसम्म बिहान १० बजेदेखि काठमाडौंको भृकृटीमण्डमा ६ दिनसम्म चल्नेछ ।
आफ्नो वर्गको अन्य कार्यक्रममध्ये सबैभन्दा उत्कृष्ट मानिएको अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना २ नयाँ प्यासेन्जर भेकलस्का लागि म्याक अल्फा जेनिथ ५डब्यू–३० र म्याक अल्फा जेनिथ १०डब्लू–३० र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो । यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु विशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।
म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पाेरेटको उत्पादन मध्येको एक उत्पादन हो । यसले शोमा ग्राहक तथा दर्शकबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ ।
नयाँ उत्पादनको लन्च भारत पेट्रोलियम क्रपोरेसनका लुब्रिकेन्टका कार्यकारी निर्देशक भि. आन्नद र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले गरे ।
कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरी, उपाध्यक्ष सौरभराज थपलिया, भारत पेट्रोलियम कर्पाेरेसन लुब्रिकेन्टकाका क्षेत्रीय प्रबन्धक राजिव कुमार र भारत पेट्रोलियमको लागि नेपालका प्रबन्धक मुकुन्द धमलाको उपस्थिति रहेको थियो ।
विगत १७ वर्षदेखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस् म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो ।