काठमाडौं– साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउमा ४ सय रुपैयाँको गिरावट आएको हो ।
आइतबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन । चाँदी आज प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।