
काठमाडौं– एटीएम ह्याकिङ गर्दै गरेको अवस्थामा गएराति काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
ह्याकरहरूलाई पक्राउ गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको प्रहरी परिसर काठमौंका प्रवक्ता उत्तम सुवेदीले बताए ।
उनले भने– ‘अस्तिको दिन–शुक्रबार नेपाल आएका चिनियाँ नागरिकले नेपाली बैंकका एटीएम ह्याक गरेर रकम लिई आजै चीन भाग्ने अवस्था थियो,’ उनले थपे, ‘उनीहरू संगठित रूपमै लागेको देखिन्छ ।’
उनीहरूले विभिन्न १४ बैंकका एटीएम ह्याक गरेको प्रहरीले जनाएको छ । ह्याक भएसँगै अधिकांश एटीएम बन्द भएका छन् ।