
काठमाडौं – बैंकिङ प्रणाली ह्याक गरी एटीएमबाट पैसा लुट्न सक्रिय चिनियाँ ह्याकरहरू भोलि नै भाग्ने योजनामा रहेको खुलासा भएको छ ।
नबिललगायतका विभिन्न बैंकको एटीएमबाट पैसा लुटी उनीहरू भोलि नै चीनतर्फ जान लागेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
आइतबार पत्रकार सम्मेलन गर्दै सुवेदीले चिनियाँ ह्याकरहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट पैसा निकालिएको जानकारी दिए ।
चिनियाँ ह्याकरहरू नक्कली भिसा बोकी नेपाल छिरेका थिए । प्रहरी प्रमुख सुवेदीका अनुसार उनीहरूको साथबाट १ सय ३२ वटा नक्कली भिसा बरामद गरेको छ ।
यसैबीच नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले निक्षेपकर्ताको पैसा सुरक्षित रहेको जानकारी दिएका छन् ।