०५ असार २०८३, शुक्रबार

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन– ना६ख ७६८७ नंको बसले सोमवार बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।
  मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्